जोडिनुहोस
  • होमपेज
  • विमला वलीले परित्याग गरिन् माओवादी केन्द्र

विमला वलीले परित्याग गरिन् माओवादी केन्द्र

दाङ । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्र परित्याग गरेकी छन् । पार्टीले आफूलाई असहयोग र बेवास्ता गरेको भन्दै उनले पार्टी परित्याग गरेकी हुन् ।

उनले माघ २४ गते नै नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दाङमा राजीनामा पत्र बुझाएकी छन् । उनले आफ्नो राजनीतिक उतार चढावमा बेलामा पार्टीले सहयोग नगरेको गुनासो गरेकी छन् । ‘मलाई जबरजस्ती मन्त्री पदबाट राजीनामा दिन लगाइयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता गरेन । भूमिकाहीन बनायो’ उनले भनिन्, ‘पार्टीले युज एण्ड थ्रो गर्यो । त्यसैले पार्टीबाट राजीनामा दिएकी हुँ ।’

वली नेकपा एमालेका स्वर्गीय नेता उत्तरकुमार वलीकी श्रीमती हुन् । तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमारको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उनी प्रदेश सांसद निर्वाचित भएकी थिइन् । पछि उनले माओवादी केन्द्र रोजेकी थिइन् । माओवादीले उनलाई लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो ।

लेनदेनको विषयमा एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै विवादमा तानिएपछि उनले राज्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका