जोडिनुहोस
  • होमपेज
  • दोधारा–चाँदनी सुक्खा बन्दरगाह त्रिदेशीय लाभमा विकास गरिने

दोधारा–चाँदनी सुक्खा बन्दरगाह त्रिदेशीय लाभमा विकास गरिने

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज र कञ्चनपुरको दोधारा–चाँदनी–१ मा निर्माण हुने सुक्खा बन्दरगाह सुदूरपश्चिमको मात्र नभएर देशकै निम्ति गौरवको आयोजना हुने बताएका छन्। दुवै आयोजनाको निरीक्षण क्रममा उहाँले उक्त कुरा बताए ।

दोधारा–चाँदनीमा बन्ने बन्दरगाहलाई त्रिदेशीय नाकालाई फाइदाका रूपमा विकास गरेर भारत र चीनको विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले आफू छिट्टै भारत भ्रमणमा जाने र त्यस क्रममा सुक्खा बन्दरगाह निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर हुने बताए। उनले तीन वर्षभित्र काम सक्ने गरी समझदारीपत्र तयारी भइरहेको पनि बताए।

सुक्खा बन्दरगाह बनाउने प्रक्रियाको सुरुवात आफूले नै गरेको र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले बन्दरगाह निर्माणपछि दोधारा–चाँदनी र सुदूरपश्चिमको मात्रै नभई सिङ्गो देशकै विकासमा योगदान पुग्ने धारणा राखे।

प्रधानमन्त्रीले सुदूरपश्चिममा आफैँले थुप्रै आयोजना अगाडि बढाएको र सबै विकासका कामलाई प्राथमिकतासाथ अगाडि बढाउने प्रतिबद्धता जनाए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?