जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको पञ्जाबमा इसाई मजदुरलाई कुटपिट गरी हत्या

पाकिस्तानको पञ्जाबमा इसाई मजदुरलाई कुटपिट गरी हत्या

लाहोर– पाकिस्तानको पञ्जाबमा एक इसाई मजदुरलाई कुटेर हत्या गरिएको छ । इमानुएल मसिह नाम एक इसाई मजदुरलाई मोहम्मद वसीमले कुटपिट गरी मारेका छन्। वसीमले आफ्नो खेतबाट सुन्तला चोरेको आरोपमा उनलाई कुटेर मारेको प्रहरीले जनाएको छ ।

घटना सोमबार पञ्जाब प्रान्तको खानवाल क्षेत्रमा भएको हो। वसीम र चार जना मानिस मसिहको नजिक पुगे र उसलाई आफ्नो खेतबाट फल चोरेको आरोप लगाई कुटपिट गरेका थिए । मृतक अल्पसंख्यक समुदायका व्यक्ति परिवारको एकमात्र कमाउने र एक श्रीमती र ६ छोराछोरी रहेको प्रत्यक्षदर्शीले बताए ।

पाकिस्तानमा अल्पसंख्यक समुदायका मानिसहरू, विशेष गरी इसाई र हिन्दूहरूलाई शत्रुतापूर्ण व्यवहार गरिन्छ। सानातिना मुद्दामा उनीहरुलाई सताइने र मारिने घटना बाहिर आएका छन् ।
(एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका