जोडिनुहोस
  • होमपेज
  • भुटान जुन २०२३ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नती हुँदै

भुटान जुन २०२३ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नती हुँदै

थिम्पु–भुटान जुन २०२३ सम्ममा अतिकम विकसित देशहरू बाट स्तरोन्नती हुने द भुटान लाइभले जनाएको छ । स्तरोन्नती हुन भुटानले बृहत् आर्थिक स्थिरता, उत्पादनमा विविधीकरण, र विपतमा सहिष्णुतामा विशेष ध्यान दिएको छ ।

स्तरोन्नती मुख्यतया अन्तर्राष्ट्रिय व्यापार, विकास सहयोग र संयुक्त राष्ट्र प्रणालीको कोषमा योगदान, आधिकारिक बैठकहरूमा यात्राको लागि समर्थन, छात्रवृत्ति, र अनुसन्धान अनुदानसँग लगायतमा देखिनेछ। । द भुटान लाइभका अनुसार, भुटानले हाल विकसित देशहरूले जेनेरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस योजना अन्तर्गत प्रदान गरेका विशेष प्राथमिकता योजनाहरूबाट लाभान्वित हुने बताइएको छ । यो स्तरोन्नतीले भुटानले सामाजिक र आर्थिक क्षेत्रमा सुधार गरेको देख्न सकिन्छ ।

द भुटान लाइभका अनुसार, तीनवटा स्तरोन्नतीका लागि मापदण्डहरू पूरा गर्नु भनेको देशको स्वस्थ सामाजिक–आर्थिक र बढेको ऋण तथा अनुदान हो । अर्थमन्त्रालयका अधिकारीहरूले देशलाई आफ्नो विकासका लागि दाताको कोषमा भर नपर्ने भन्दै सरकारले आफ्नै स्रोत जुटाउनुपर्ने बताए । दिर्घकालीन रूपमा, अन्तर्राष्ट्रिय संस्थाहरूमा भुटानको उचाई बढ्ने भुटान लाइभले लेखेको छ । हालसम्म, ४६ देशहरू अति कम विकसित देशको सूचीमा रहेका छन् । तीमध्ये ९ वटा एसियामा रहेका छन् जसमा नेपाल, बंगलादेश, म्यानमार, लगायत छन् । (एएनआई)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका