जोडिनुहोस
  • होमपेज
  • आज १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

आज १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीबो बोलकबोल गर्न लागेको बैंकले ८ अर्ब रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी १० अर्ब रुपैयाँ नयाँ बिक्री गर्न लागेको हो ।

इच्छुक खरिदकर्ताले तोकिएको समयसम्म अनलाइन आवेदन दिन सक्नेछन् । ट्रेजरीको बोलकबोल भने मंगलबार दिउँसो २ बजे हुने बैंकले जनाएको छ ।

यसअघि राष्ट्र बैंकले गत माघ २३ गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका