जोडिनुहोस
  • होमपेज
  • नामिबियाद्वारा नेपाललाई २८६ रनको लक्ष्य

नामिबियाद्वारा नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई जितका लागि २ सय ८६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ रन ८५ रन बनायो ।

नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्धतमा शतक पूरा गरेका हुन् । उनले १ सय ३३ रन बनाए ।यस्तै कप्तान गेर्हार्ड इरास्मसलाई ५६ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराएका हुन् । उनी कुशल मल्लको बलमा आउट भएका हुन् ।

जान फ्रिलिंकलाई १३ रनमा बोल्ड आउट गरेका हुन् । यता नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । कुशल मल्ल, सोमपाल कामीले समान १/१ विकेट लिए ।

एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।

लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् ।

२०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका