जोडिनुहोस
  • होमपेज
  • गोंगबुमा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न निर्देशन

गोंगबुमा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न निर्देशन

काठमाडौँ। गृहमन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

गृह सचिव बिनोद सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्न निर्देशन दिएका हुन् । यातायात व्यावसायी र मजदुरहरूले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरूले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।

त्यस्तै प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरू समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका