जोडिनुहोस
  • होमपेज
  • २१ सय विन्दु नजीक नेप्से, कारोबार रकम रू. १ अर्ब ७८ करोडमा झर्‍यो

२१ सय विन्दु नजीक नेप्से, कारोबार रकम रू. १ अर्ब ७८ करोडमा झर्‍यो

काठमाडौं । मंगलवार नेप्से परिसूचक १६ दशमलव ४० अंक घटेर २ हजार १०५ दशमलव ४६ विन्दुमा झरेको छ ।

कारोबारमा आएका २५५ धितोपत्रको ४६ लाख ८५ हजार ८०९ कित्ता ३६ हजार ८८० पटकमा रू। १ अर्ब ७८ करोड बराबरको शेयर कारोबार भएको छ । मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षामा शेयर बजारका विषय नसमेटिँदा लगानीकर्ता निराश भएकाले बजार लगातार दुई घट्यो ।

दुई दिनमा नेप्से परिसूचक ७७ दशमलव १७ अंक घटेको छ । मंगलवारको कारोबार हेर्दा बजार २१ सयभन्दा तल जना नमानेको देखिन्छ । इन्ट्राडेमा बजार २ हजार १ सय दशमलव ५७ विन्दुसम्म झरेर अन्त्यमा भने २ हजार १०५ दशमलव ४७ विन्दुमा बन्द भएको छ ।

पछिल्लो समय अर्थतन्त्रका सूचकहरू सबल बन्दै गएका छन् । विशेषगरी अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार आएको छ भने बैंकहरूमा तरलता सहज हुँदै गएको छ । अन्तर बैंक ब्याजदर निरन्तर घटिरहेको छ ।

मौद्रिक नीति समीक्षामा आएका विषयवस्तु कार्यान्वयनका लागि राष्ट्र बैंकले सकुर्लर जारी गर्नेछ । सामान्यतयः एक साताभित्र आउने यस्तो सर्कुलरमार्फत शेयर बजारलाई सहयोग पुग्ने गरी केही सम्बोधन हुनेमा आशावादी रहेको एक लगानीकर्ताले बताए । यसो हुन सकेमा बजारले फेरि गति लिन सक्ने लगानीकर्ताको भनाइ छ ।

कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी युनिलिभर नेपालको शेयर मूल्य ६ दशमलव १२ प्रतिशत वृद्धि भई प्रतिकित्ता रू। २० हजार २६९ पुगेको छ । त्यस्तै दोस्रोमा राप्ती हाइड्रो एण्ड जनरल कन्ष्ट्रक्सन लिमिटेडको शेयर मूल्य ५ दशमलव २३ प्रतिशत वृद्धि भएर रू। ३१८ पुगेको छ ।

मंगलवार बाराही पब्लिक हाइड्रोपावरका शेयरधनीले सर्वाधिक रकम गुमाएका छन् । कम्पनीको शेयर मूल्य ५ दशमलव शून्य ७ प्रतिशत घटेर प्रतिकित्ता रू। ६०९ मा झरेको छ । त्यस्तै दोस्रोमा लक्ष्मी लघुवित्तको शेयर मूल्य ३ दशमलव ९५ प्रतिशत घटेर रू १ हजार ४८ कायम भएको छ ।

यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक शेयर खरीदविक्री रू। ७ करोड ७५ लाख बराबरको भएको छ । त्यस्तै दोस्रोमा ङादी ग्रुप पावरको रू। ७ करोड ७४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ३१ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । लगानी समूह र लघुवित्त समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव शून्य २ प्रतिशत घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका