जोडिनुहोस
  • होमपेज
  • नटुंगिएको महाअभियोग प्रस्ताव नयाँ संसदमा लैजान सांसदहरु सहमत

नटुंगिएको महाअभियोग प्रस्ताव नयाँ संसदमा लैजान सांसदहरु सहमत

एउटा संसदमा टुंगो नलागेको महाअभियोग प्रस्ताव अर्को संसदमा लैजाने सहमति भएको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा सहभागी सांसदहरु प्रतिनिधिसभाको कार्यकाल पाँच महिनाभन्दा कम भएर महाअभियोग टुङ्ग्याउन नसके चुनावपछि आउने संसदले स्वीकार्नुपर्नेमा सहमत भएका हुन् ।

छलफलमा महाअभियोग लगिसकेको अवस्थामा टुङ्गोमा पुर्‍याउने व्यवस्था नियमावलीमै हुनुपर्ने माग भएको थियो । नियमावलीमा स्पष्ट व्यवस्था भएपछि महाअभियोगबारे के हुने भन्ने विवाद अन्त्य हुने विश्वास गरिएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग अहिले पनि संसद सचिवालयमा विचाराधीन छ । संसदको कार्यकाल सकिएर नयाँ संसद आएपछि महाअभियोग के हुने निश्चित छैन । समितिमा राष्ट्रपति र उपराष्ट्रपतिलाई महाअभियोग लागेमा तीन महिनाभित्र तथा संवैधानिक प्रमुख वा सदस्यको महाभियोग प्रस्ताव पाँच महिनाभित्र टुङ्गो लगाउनुपर्ने सहमति पनि जुटेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका