जोडिनुहोस
  • होमपेज
  • नामिबियाविरुद्ध कुशल भुर्तेलको शतक प्रहार

नामिबियाविरुद्ध कुशल भुर्तेलको शतक प्रहार

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबिया र नेपालबीच खेल भइरहेको छ । नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ९९ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ४४.५ ओभरको समाप्तिमा ६ विकेट गुमाएर २६१ रन जोडेको छ । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको हो । नामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो । नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका