जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको भारत भ्रमण गौतमबुद्ध विमानस्थलबाट हुनु उपयुक्तः विज्ञ

प्रधानमन्त्रीको भारत भ्रमण गौतमबुद्ध विमानस्थलबाट हुनु उपयुक्तः विज्ञ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको धारणा छ ।

प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्ने भारत भ्रमणबारे सोमबार भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग अनुकूल समयबारे छलफल भएको थियो । पहिलो पटक प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमा नै गरेका थिए । यस पटक पनि पदभार ग्रहण गरेलगत्तै उनले आफ्नो पहिलो विदेश भ्रमण भारतमा नै हुने उल्लेख गरेका थिए ।

भारत भ्रमणको मिति तय नभए पनि प्रधानमन्त्रीले भारत भ्रमणमा ऊर्जा, व्यापार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), कृषि, शिक्षा र संस्कृतिसँगै हवाई सेवालाई पनि प्राथमिकता दिनुपर्ने विज्ञहरूको धारणा छ ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा यस पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जानुभए हवाई रुट र भैरहवा विमानस्थलमा जडान गरिएका उपकरण सञ्चालनमा थप सहजता हुन सक्ने विश्वास विज्ञहरूको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका