जोडिनुहोस
  • होमपेज
  • क्लब विश्वकप-२०२३ साउदीमा हुने

क्लब विश्वकप-२०२३ साउदीमा हुने

काठमाडौं । सन् २०२३ को फिफा क्लब विश्वकप फुटबल साउदी अरेबियामा आयोजना हुने भएको छ ।

साउदीमा आयोजना हुने क्लब विश्वकप आगामी डिसेम्बर १२ देखि २२ सम्म हुनेछ । साउदीले पहिलो पटक क्लब विश्वकप आयोजना गर्न लागेको हो ।

साउदी क्लब विश्वकपको छैटौं आयोजक हो । मोरक्कोमा भएको पछिल्लो संस्करणको उपाधि रियल मड्रिडले जितेको थियो ।

रियलले अल हिलाललाई ५-३ ले हराएर उपाधि जितेको हो । रियलले उपाधि जितेको तीन दिनपछि नयाँ आयोजक राष्ट्रको घोषणा भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका