जोडिनुहोस
  • होमपेज
  • महिला टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित

महिला टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित

काठमाडौं । साबिक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।

मंगलबार राती भएको खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेर साबिक विजेताले सुखद विजयी यात्रा जारी राखेको हो ।

बंगलादेशले दिएको १ सय ८ रनको लक्ष्य अष्ट्रेलियाले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा कप्तान मिन ल्यानिङ्गले अविजित ४८ तथा एल्सा हिस्ले ३७ रनमा आउट भईन् । असईग गान्डिर १९ रनमा अविजित रहँदा बेथ मुन्नीले २ रन बनाईन् ।

बंगलादेशका लागि मारुफा अख्तर र शोरिना अख्तरले समान ११ विकेट लिईन् ।त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

बंगलादेशका लागि कप्तान निगार सुल्तानले ५० बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेलिन् । शोर्ना अख्तरले १२ रन बनाउँदा अन्य ब्याडरले दोहारो अंकमा रन बनाउँन सकेनन् ।

अष्ट्रेलियाका लागि जर्जिया वारिहामले ३ तथा डार्सिया ब्राउनले २ विकेट लिईन् ।

पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गरेको अष्ट्रेलिया समूह ‘ए’ मा २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको र्शीष स्थानमा रहेको छ । बंगलादेश भने २ खेलमा अंक बिहिन रहँदै चौथो स्थानमा रहेको छ ।

यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ ।

दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् । समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।

समूह ‘बी’ मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका