जोडिनुहोस

खेलकुद

पीएसजीलाई बायर्नले हरायो

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन ३, २०७९
पीएसजीलाई बायर्नले हरायो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले जित निकालेको छ ।

बायर्नले मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले हराएको हो ।

पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन किङ्स्ले कोम्यानले निर्णायक गोल गरे । कोम्यानले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८२ औं मिनेटमा केलियन एमबाप्पेले पीएसजीका लागि गोल गरेका थिए । तर, भीएआर रिभ्युपछि उनको गोलले मान्यता पाएन । त्यस्तै खेलको अन्तिम केहि मिनेट बायर्न १० खेलाडीमा समेटियो ।

इन्जुरी समयमा बायर्नका बेन्जामिन पाभर्डले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएका थिए ।

अब पीएसजी र बायर्नबीचको दोस्रो लेग मार्च ८ मा हुनेछ । दोस्रो लेगको खेल बायर्नको मैदानमा हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका