जोडिनुहोस
  • होमपेज
  • वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ ।

वीरगञ्ज महानगरपालिकाले आदर्शनगर क्षेत्रका १० फिटे नालामाथि बनेका संरचनाहरु ७ दिनभित्र हटाउन सूचना जारी गरेको हो ।

तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैंले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ ।

महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका