जोडिनुहोस

देश

घट्यो सुनको मूल्य

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन ३, २०७९
घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख तीन हजार छ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय छ ।

यसको मूल्य अघिल्लो दिन रु एक लाख तीन हजार तीन सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ९० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका