जोडिनुहोस
  • होमपेज
  • नामिबियाले स्कटल्याण्डलाई दियो १५४ रनको लक्ष्य

नामिबियाले स्कटल्याण्डलाई दियो १५४ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले स्कटल्याण्डलाई १५४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९ ओभर २ बलमा अलआउट भएर १५३ रन बनाएको हो ।

नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै बेर्नाड स्कोल्टेजले ३० रन बनाउँदा जान ग्रिनले २५ रन तथा प्रिन्कि फ्रान्सले ११ रन बनाए ।

यता स्कटल्याण्डका लागि मिचेल लेक्सले सार्वधिक चार विकेट लिए । त्यस्तै सफियान सरिफ र मार्क वाटले समान तीन-तीन विकेट लिए । आजको खेलमा नामिबिया सहज जित निकाल्दै आफ्नो पहिलो जित दर्ता गर्न चाहन्छ । यता स्टकल्याण्ड आजको खेलमा जित निकालेर सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।

नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ । लिग २ मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । यता नामिबिया ३१ खेलमा ३७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका