जोडिनुहोस
  • होमपेज
  • मुस्ताङबाट पोखरा हिँडेको बस कालीगण्डकीमा खस्यो

मुस्ताङबाट पोखरा हिँडेको बस कालीगण्डकीमा खस्यो

पोखरा । मुस्ताङको लेतेनजिकै ना. ७ ख ७४४० नम्बरको बस कालीगण्डकीमा खसेको छ । मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा १७ जना घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए ।

‘थासाङ गाउँपालिका वडा नं. ३ लेते नजिकै सडकबाट करिब ३० मिटर तल कालीगण्डकी नदीमा बस खस्दा १७ यात्रु घाइते भएका छन्,’ उनले भने, ‘घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।’

घाइतेमा २ जना विदेशी पनि रहेको प्रजिअ केसीले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका