जोडिनुहोस
  • होमपेज
  • १३ अंकले घट्यो नेप्से, ७३ करोडको कारोबार

१३ अंकले घट्यो नेप्से, ७३ करोडको कारोबार

काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३.९० अंकको गिरावट आएको छ । कारोबार समयमा परिसूचक बढेपनि अन्तिम समयमा ओरालो लाग्दै दोहोरो अंकको गिरावटसँगै बन्द भएको हो ।

यससँगै, परिसूचक २०९१ अंकमा आएर रोकिएको छ । परिसूचक दोहोरो अंकले घट्दा आज १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसक्रममा ४८ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ ।

बाँकी १७६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ । परिसूचक १३ अंकले घट्दा आज उत्पादनमूलक समूहमा मात्र सुधार आएको छ । यो समूहमा भने आज ४६ अंकको वृद्धि देखिएको छ ।

बाँकी सबै समूह घटेका छन् । हिजो सोमबार नेप्सेमा १६ अंकको कारोबार भएर १ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो आजको कारोबार रकमको तुलनामा ५ करोडले बढी हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका