जोडिनुहोस
  • होमपेज
  • एक वर्षपछि १२ प्रतिशत महँगी बढ्ने प्रक्षेपण

एक वर्षपछि १२ प्रतिशत महँगी बढ्ने प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी १ वर्षपछि नेपाली बजारको अपेक्षित मुद्रास्फीति १२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ ।

करिब ६ दिन लगाएर देशका विभिन्न स्थानमा गरेको सर्वेक्षणअनुसार आगामी १ वर्षपछि नेपालको अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशतले बढ्ने देखिएको हो ।

राष्ट्र बैंकले यही वर्ष २०२३ को जनवरी ८ देखि १४ सम्म देशका ६० सहरमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा ती सहरका २ हजार १० जना सहभागी थिए । सहभागीहरूमध्ये धेरैले आगामी १ वर्षपछि देशमा महँगी दर १२ प्रतिशतसम्मले बढ्ने अपेक्षा गरेका छन् ।

यस्तै, अधिकांशले आगामी ३ महिनामा महँगी १० प्रतिशतले बढ्ने अपेक्षा गरेका छन् । सर्वेक्षणमा सहभागीहरूले माछा, मासु, दूध, घ्यू, तेल र होटल तथा रेष्टुरेन्टहरुमा महँगी बढी हुने अपेक्षा सहभागीहरूको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका