जोडिनुहोस
  • होमपेज
  • छ महिनामा झण्डै १ खर्ब विदेशी मुद्रा निक्षेप संकलन

छ महिनामा झण्डै १ खर्ब विदेशी मुद्रा निक्षेप संकलन

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले झण्डै १ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा निक्षेपको रुपमा प्राप्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ९९ अर्ब १९ करोड १० लाख ३ हजार रुपैयाँ निक्षेप प्राप्त गरेका हुन् ।

यो अघिल्लो वर्षको भन्दा १३.३१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४.६ प्रतिशतले विदेशी मुद्राको निक्षेप गुमाउँदै ८७ अर्ब ५३ करोड ९० लाख ३ हजार रुपैयाँ संकलन गरेका थिए ।

समीक्षा अवधिमा बैंकहरुले ११ अर्ब ६५ करोड २० लाख २ हजार रुपैयाँले बढी निक्षेप संकलन भएको हो । यद्यपि, गत जुलाई, २०२२ देखि जनवरी २०२३ सम्मको तथ्याङ्कमा भने विदेशी मुद्राको निक्षेपमा २.२ प्रतिशतले वृद्धि भएको छ ।

गत जुलाई, २०२१ मा बैंक तथा वित्तीय संस्थाहरुमा ९१ अर्ब ७९ करोड ४० लाख ६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा जम्मा भएकोमा सन् २०२२ को सुरुवाती महिना जनवरीमा ४.६ प्रतिशत निक्षेप घट्दै ८७ अर्ब ५३ करोड ९० लाख ३ हजार रुपैयाँ जम्मा भएको थियो ।

यस्तै, जुलाई, २०२२ मा ९७ अर्ब १० करोड ७ हजार रुपैयाँ निक्षेप जम्मा हुँदै गर्दा २०२३ को जनवरीमा २.२ प्रतिशतले निक्षेप वृद्धि हुँदै ९९ अर्ब १९ करोड १० लाख ५ हजार रुपैयाँ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका