जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अ‍ोलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अ‍ोलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । दुई नेताबीच वार्ता जारी छ ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले भेटघाट बाक्लो बनाएका छन् । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ ।

एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ ।  माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने गाइँगुइँ चलिरहेका बेला ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

यसअघि प्रचण्ड अ‍ोली निवास बालकोट पुगेरै भेटघाट गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका