जोडिनुहोस
  • होमपेज
  • सांसद भण्डारीकाे स्वास्थ्य अवस्था बुझ्न देउवा कीर्तिपुर अस्पतालमा

सांसद भण्डारीकाे स्वास्थ्य अवस्था बुझ्न देउवा कीर्तिपुर अस्पतालमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देउवा बिहीबार बिहान अस्पताल पुगेका हुन् ।

गए राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरूको आईसीयूमा राखेर उपचार भइरहेको छ । देउवाअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, नेता शेखर कोइराला, केन्द्रीय सदस्य एनपी साउद, प्रदीप पौडेल, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतका नेताहरू अस्पताल पुगेका थिए ।

महामन्त्री विश्वप्रकाश शर्मा भने बुधबार राति नै अस्पताल पुगेका थिए। यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि बर्न अस्पताल पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका