जोडिनुहोस
  • होमपेज
  • अलीको शतकमा पाकिस्तानको पहिलो जित

अलीको शतकमा पाकिस्तानको पहिलो जित

काठमाडौं । ओपनर मुनीवा अलीको सानदार ऐतिहासिक शतकमा पाकिस्तानले आयरल्याण्डलाई पराजित गरेको छ । पाकिस्तानले दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ ।

बुधबार राती केपटाउनमा भएको खेलमा आयरल्याण्डलाई ७० रनको विशाल अन्तरले पराजित गरेर पाकिस्तानले दोस्रो खेलमा पहिलो जित हात पारेको हो ।

पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित आयरल्याण्डको भने यो लगातार दोस्रो हार हो । पाकिस्तानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १६.३ ओभरमा अलआउट हुदै ९५ रन मात्र बनायो ।

आयरल्याण्डका लागि ओर्ला प्रिन्डिउरगास्टले ३१ तथा इमियर रचिर्डसनले २८ रन बनाईन् । गाबाई लुईसले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

पाकिस्तानका लागि नशरा सन्धुले ४ तथा सादिया ईकवाल र निदा डारले समान २/२ विकेट लिईन् । फतिमा साना र तुवा हसनको नाममा समान १/१ विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो । पाकिस्तानका लागि मुनिवा अलिले ६८ बलमा १४ चौकाको सहयोगमा १ सय २ रनको शतकीय ईनिङ खेलिन् । निदा डारले ३३ रन बनाईन् ।

अलिको यो शतक यस संस्करणको विश्वकपको पहिलो शतक हो । यो महिला विश्वकप ईतिहासको छैटौं अर्धशतक हो । पाकिस्तानको ब्याटरबाट भने यो पहिलो अर्धशतक हो ।

आयरल्याण्डका लागि अर्निली किलेले २ तथा लिएहा पल र लौरा डिलेनेले समान १/१ विकेट लिईन् । जितसँगै पाकिस्तान २ खेलमा २ अंकका साथ समूह ‘बी’ को तेस्रो स्थानमा उक्लिएको छ ।

हारसँगै २ खेलमा अंक बिहिन आयरल्याण्ड अंक तालिकाको पुछारमा रहेको छ । यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ ।

सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।

समूह ‘बी’ मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका