जोडिनुहोस
  • होमपेज
  • टर्की भुकम्प : २२२ घण्टा पछि एक महिलाको जीवितै उद्धार

टर्की भुकम्प : २२२ घण्टा पछि एक महिलाको जीवितै उद्धार

इस्तानाबुल । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् ।

टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीय महिलालाई भग्नावशेषबाट जीवितै फेला पारेको उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएको छ।

टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुले २१२ घण्टा पछि उद्धारकर्ता भग्नावशेषबाट फतमा गुन्गोरर लाई जीवितै निकाले पछि उनको परिवारले अँगालो हालेको बताए।

त्यसपछि बुधबार टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीय मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका