जोडिनुहोस
  • होमपेज
  • माछापोखरीमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गरेको आरोपमा ६ जना पक्राउ

माछापोखरीमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी र लमजुङ वेशीशहर नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन् ।

यस्तै काभ्रेपलाञ्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाडौं महानरगपालिका-१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठान कडी गाउँपालिका-१ घर भई काठमाडौं गोंगवु बस्ने १८ वर्षीय किशोर र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ गंगाहल बस्ने २० वर्षीय आशिष खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरुले प्रहरी वृत्त बालाजुको बा.२ झ १४४ र बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, माछापोखरीस्थित प्रहरी विटमा ढुङ्गामुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी घटनामा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका