जोडिनुहोस
  • होमपेज
  • उद्धव पौडेल राप्रपाको उपाध्यक्ष मनोनित

उद्धव पौडेल राप्रपाको उपाध्यक्ष मनोनित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उद्धव पौडेल थपिएसँगै उपाध्यक्षको संख्या ८ जना पुगेको छ । राप्रपाको विधानमा उपाध्यक्ष ८ जना रहने व्यवस्था अनुसार रिक्त एक पदमा उद्धव पौडेललाई मनोनित गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम पौडेललाई उपाध्यक्षमा मनोनित गरेका हुन् । राप्रपाका उपाध्यक्षमा अब पौडेलसहित विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशनी कार्की, रवीन्द्र मिश्र, मुकुन्द श्याम गिरी र हेमजंग गुरुङ रहेका छन् । जसमा ४ जना निर्वाचित हुन् भने अरु मनोनित हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका