जोडिनुहोस
  • होमपेज
  • मौसम पूर्वानुमान : प्रदेश एकमा हिमपात, अन्यत्र कस्तो रहला ?

मौसम पूर्वानुमान : प्रदेश एकमा हिमपात, अन्यत्र कस्तो रहला ?

काठमाडौँ— हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू९भागका एक—दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएकोले केही दिन वर्षाको कुनै सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका