जोडिनुहोस

मनोरञ्जन

‘फूलबारी’ आजबाट हलमा

  • Sagarmatha TV
  • शुक्रबार, फाल्गुन ५, २०७९
‘फूलबारी’ आजबाट हलमा

काठमाडौँ— नेपाली कथानक चलचित्र ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘फूलबारी’ प्रदर्शनमा आएको हो ।

स्टारकास्ट रहेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ फेमेली ड्रामा हो । यो चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन् । विपीन अवकाशप्राप्त शिक्षकको भूमिकामा छन् ।

चलचित्रले क्यूएफएक्समा राम्रै शोज पाएको छ । क्यूएफएक्स चेनले आज देशभर यसलाई ३३ शोज उपलब्ध गराएको छ । ‘कबड्डी’ फेम्ड निर्देशक गुरुङको चलचित्रले शोज राम्रै पाए पनि बुकिङ भने उत्साहजनक देखिएको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका