जोडिनुहोस
  • होमपेज
  • युनाईटेड र बार्सिलोनाको बराबरी

खेलकुद

युनाईटेड र बार्सिलोनाको बराबरी

  • Sagarmatha TV
  • शुक्रबार, फाल्गुन ५, २०७९
युनाईटेड र बार्सिलोनाको बराबरी

काठमाडौं । युरोपा लिग अन्तर्गत नकआउट चरणको प्ले अफको पहिलो लेगमा म्यानचेस्टर युनाईटेड र बार्सिलोनाले बराबरी खेलेका छन् ।

क्याम्पनाउमा बिहीबार राति भएको खेलमा युनाईटेड र बार्सिलोनाले २-२ गोलको बराबरी खेलेका हुन् । रोमान्चक खेलमा सुरुआती अग्रता बार्सिलोनाले बनाएको थियो ।

खेलको ५० औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, मार्कुस राषफोर्डले ५२ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

Image

खेलको ५९ औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाईटेड २-१ ले अघि रह्यो ।

तर, खेलको ७६ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याउदै हारबाट जोगाए ।

दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा हुनेछ । खेल युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका