जोडिनुहोस
  • होमपेज
  • सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँट

सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ । सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला गरेको ४१ हजार ५ सय कित्ता साधारण सेयर शुक्रबार बाँडफाँट भएको हो ।

गोलाप्रथामार्फत भएको आईपीओ बाँडफाँटमा ४ हजार एक सय ५० जना सर्वसाधारणले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । आइपीओका लागि कुल १३ लाख २२ हजार ४ सय ९२ जनाले आवेदन दिएका थिए । जसमध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको थियो ।

कुल ५ लाख कित्तामध्ये कम्पनीले १० प्रतिशत अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको थियो भने ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीहरु छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका