जोडिनुहोस
  • होमपेज
  • स्कटल्याण्डद्वारा नेपाललाई २७५ रनको लक्ष्य

स्कटल्याण्डद्वारा नेपाललाई २७५ रनको लक्ष्य

काठमाडौं । स्कटल्याण्डका माईकल लिस्कले सानदार शतक प्रहार गरेपछि नेपालले २ सय ७५ रनको लक्ष्य पाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको नेपालले रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो । स्कटल्याण्डका लागि माईकल लिग्सले ८५ बलमा १ सय ७ रनको शतकीय ईनिङ खेले । उनले ३ चौका तथा ९ छक्का प्रहार गरे ।

उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए । एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो ।नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए ।

ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए ।

नेपालका लागि स्पिनरहरुले ओभरमा रन दिदै विकेट लिएका थिए । चार जना स्पिनर प्रयोग गरेको नेपालका सबैजनाले कम्तिमा पनि १/१ विकेट लिएका थिए ।

सन्दीप लामिछानेले १० ओभरमा रन दिएर विकेट लिए । कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका