जोडिनुहोस
  • होमपेज
  • महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

काठमाडौं । आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज शुक्रबार दुई खेल हुदैछ । दक्षिण अफ्रिकामा जारी यस संस्करणको विश्वकपमा आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुदैछ ।

आजको पहिलो खेलमा समूह ‘ए’ मा रहेका बंगलादेश र न्युजिल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

दुवै देश पहिलो जितको खोजीमा रहेका छन् । दुई खेल खेलेका दुवै देश अंक बिहिन रहेका छन् । दुई देशबीचको पछिल्लो चार टी-ट्वान्टी अन्तराष्ट्रियमा न्युजिल्याण्ड अपराजित रहेको छ ।

आज नै हुने दोस्रो खेलमा समूह ‘बी’ मा रहेका आयरल्याण्ड र वेस्ट इण्डिजबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार बेलुका १०ः४५ बजे आयोजना हुनेछ ।

दुवै देश पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो दुवै खेल हारेका उनीहरु अंकबिहिन रहेका छन् । दुई देशबीचको पछिल्लो चार टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा वेस्ट इण्डिज अपराजित रहेको छ ।

दुवै खेल केपटाउनमा हुनेछ । यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् । समूह ‘बी’ मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका