जोडिनुहोस
  • होमपेज
  • हजारौँ सोमालीहरू द्वन्द्वका कारण इथियोपिया पलायन

हजारौँ सोमालीहरू द्वन्द्वका कारण इथियोपिया पलायन

उत्तरी सोमालियाको लास एनोडमा सुरक्षा बल र जातीय समुदायका नेताहरूबीचको झडपपछि पछिल्ला केही हप्ताहरूमा ६० हजारभन्दा बढी सोमालीहरू इथोपिया पलायन भएका छन्।

द्वन्द्वको चपेटामा परेर पलायन हुनेहरूमा प्रायः महिला र बालबालिकाहरू रहेको संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले शुक्रबार जनाएको छ।

युनएचसीआरले फेब्रुअरीको शुरुदेखि लास अनोड शहर र यसको वरपरका क्षेत्रहरूबाट एक लाख ८५ हजारभन्दा बढी मानिसहरू विस्थापित भएको जनाएको छ। यसले सबै पक्षहरूलाई नागरिकहरूको सुरक्षाको सम्मान गर्न आह्वान गरेको छ। साथै नव विस्थापितहरूको आवश्यकताहरू पूरा गर्न थप सहयोगका निम्ति अनुरोध पनि गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका