जोडिनुहोस
  • होमपेज
  • २ अर्ब ५० करोड नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक

२ अर्ब ५० करोड नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ वर्षे नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैंकले आगामी चैत ६ गते निष्काशन गर्ने गरी २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको हो । इच्छुक खरिदकर्ताले फागुन १० गतेदेखि फागुन ३० गतेसम्म बचतपत्रका लागि आवेदन दिन सक्नेछन् ।

बचतपत्रमा वार्षिक ११.५० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । ६/६ महिनामा प्रदान गरिने ब्याज खरिदको लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने बैंकले जनाएको छ ।

स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने समेत बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका