जोडिनुहोस
  • होमपेज
  • शीर्ष स्थानको बायर्न पराजित

खेलकुद

शीर्ष स्थानको बायर्न पराजित

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन ७, २०७९
शीर्ष स्थानको बायर्न पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।

शनिबार राति भएको खेलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले ३-२ गोल अन्तरले हराएको हो ।

खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटियो ।

खेलको १३ औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए ।

३५ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५५ औं मिनेटमा जोनास होफ्म्यानले गोल गर्दै मन्छेनग्लाडबाखलाई २-१ को अग्रता दिलाए ।

८४ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा बायर्नका म्याथस टेलले गोल गरेपनि मन्छेनग्लाडबाख ३-२ ले विजयी भयो ।

जितसँगै मन्छेनग्लाडबाखले २१ खेलमा २९ अंक जोडेको छ । मन्छेनग्लाडबाख आठौं स्थानमा रहेको छ । बायर्न २१ खेलमा ४३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका