जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन ७, २०७९
अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी

फैजाबाद । भारी वर्षाका कारण हिमपहिरो र बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ । लाखौँको भौतिक सम्पत्ति नष्ट भएको छ भने सयौँ मानिस घरबारविहीन भएका छन् ।

प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले देशको उत्तरी बदख्सान प्रान्तको कोफाब जिल्लामा शनिबार दिउँसो भीषण वर्षा भएको जानकारी दिँदै जिल्लाको चान्टियो गाउँमा हिमपहिरो र बाढीले २० घर, २५ पसल र छ सय एकड जमिन पूर्णरुपमा ध्वस्त पारेको बताएका छन् ।

साथै उनले पीडित परिवारलाई सहयोग गर्न आह्वान गरेका छन् । विपद् पीडित परिवारलाई बेवास्ता गर्दा उक्त गाउँमा थप विपत्ति निम्तने चेतावनी उनले दिएका छन् ।

केही दिनअघिको भूकम्पले प्रान्तीय राजधानी फैजाबादमा र बाहिरका ७५ आवासीय घर ध्वस्त पारेको थियो । अफगानिस्तानमा पछिल्लो एक महिनामा भारी हिमपात र हिमपहिरोका कारण बालबालिकासहित करिब दुई सय जनाको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका