जोडिनुहोस
  • होमपेज
  • बार्सिलोना २–० ले विजयी, रियलसँग दुरी बढ्यो

बार्सिलोना २–० ले विजयी, रियलसँग दुरी बढ्यो

काठमाडौँ—स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ ।

आज विहान भएको खेलमा बार्सिलोनाले कार्डिजलाई २–० गोल अन्तरको जित दर्ता गरेको हो ।

घरेलु मैदानमा सर्जी रोबर्टोले ४३ औं मिनेटमा गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफकै अतिरिक्त समयमा रोबर्ट लेवान्डोस्कीले अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा भने थप गोल निस्किएन ।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५९ अंक भएको छ ।

समान खेलबाट रियल मड्रिडको ५१ अंक रहेको छ ।

बार्सिलोना र रियलबीचको अंक दूरी ८ रहेको छ ।

यस्तै अन्य खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको बिलबाओलाई १–० गोल अन्तरले पराजित गर्दा स्पानियोलले एल्चेमाथि १–० को जित दर्ता गरेको छ ।

भालकानो र सेभिल्ला भने १–१ गोलको बराबरीमा रोकिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका