जोडिनुहोस
  • होमपेज
  • चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौँ— भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।

उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको जानकारी गराएका छन्।

भण्डारीको हिजो दिउँसो छातीको फिजियो गराइएको छ । अनुहारको डढेको कालो छाला झरेर नयाँ पलाउन लागेको जस्तो देखिएको तथा कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको अस्पतालले जानकारी दिएको छ

कृत्रिम अक्सिजनलाई आज शून्यमा झार्ने र प्राकृतिकरूपमा श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डाक्टर मात्रेले बताउनुभएको छ । नेता भण्डारीले अस्ति शनिवारदेखि नलीमार्फत् खाना खान पनि सुरु गरेका छन्। गएको मङ्गलवार राति ग्यास चुहावट भएर शरीरमा आगो लागेपछि नेता भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका