जोडिनुहोस
  • होमपेज
  • स्कटल्याण्डविरुद्धको अन्तिम खेलमा नामिबियाले टस जितेर फिल्डिङ गर्दै

स्कटल्याण्डविरुद्धको अन्तिम खेलमा नामिबियाले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पाँचौं खेलमा नामिबियाले स्कटल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।

यस सिरिजमा नामिबियाको यो अन्तिम खेल हो । यसअघि खेलेको तीन वटै खेलमा हार बेहोरेको नामिबिया एउटा सकरात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रिएको छ ।

नामिबिया पहिलो खेलमा नेपालसँग दुई विकेट, दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेट तथा तेस्रो खेलमा नेपालसँगै तीन विकेटले पराजित भएको थियो ।

नामिबिया लिग २ को ३३ खेलमा १८ जित, १४ हार र एक खेल नतिजाविहीनसहित ३७ अंकको साथमा अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका