जोडिनुहोस
  • होमपेज
  • महिला टी-ट्वान्टी : विश्वकप आज एक खेल हुदै

अन्तर्राष्ट्रिय

महिला टी-ट्वान्टी : विश्वकप आज एक खेल हुदै

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन ८, २०७९
महिला टी-ट्वान्टी : विश्वकप आज एक खेल हुदै

काठमाडौं । आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज सोमबार एक खेल हुदैछ ।

दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको विश्वकपमा आज समूह ‘बी’ को खेल हुदैछ ।

आजको खेलमा समूह ‘बी’ मा रहेका भारत र आयरल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

दुई खेलमा जित तथा एक खेलमा पराजित भारत आजको खेल जितेर सेमिफाइनलमा स्थान बनाउन चाहान्छ । आयरल्याण्ड जित सहित प्रतियोगिता समाप्त गर्न चाहान्छ ।

यी दुई देशबीच भएको एक टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा भारत विजयी भएको थियो ।

यस समूहबाट इंग्ल्याण्ड एक खेल अगावै सेमिफाइनल पुगिसकेको छ ।प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ ।

सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।

समूह ‘बी’ मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका