जोडिनुहोस
  • होमपेज
  • एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सुझाए चार नाम

एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सुझाए चार नाम

काठमाडौं । नेपालका आन्तरिक मामलाहरुमा टिप्पणी गरिराख्ने भारतीय चिन्तक एसडी मुनीले आगामी राष्ट्रपति चयनका विषयमा पनि आफ्नो राय प्रस्तुत गरेका छन् ।

राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लाइनमा उनले समर्थन जनाएका छन् ।

आज एउटा ट्वीट गर्दै मुनिले रानेपालमा राष्ट्रिय सहमतिको राष्ट्रपतिको ‘माग’ जायज भएको बताएका हुन् । साथै उनले उच्च प्रतिष्ठा र राजनीतिक सुझबुझ भएका तर कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेका व्यक्तिलाई राष्ट्रपति बनाउन सुझावसमेत दिएका छन् ।

उनले चार जनाको नामसमेत प्रस्तावित गरेका छन् । मुनिले प्रस्ताव गरेका नाम हुन्- डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, भुतपूर्व सभामुख दमननाथ ढुंगाना र पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला । यी नामहरुमा राजनीतिक वृत्तले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका