जोडिनुहोस
  • होमपेज
  • दक्षिणा दिएर पशुपतिमा आएका साधुसन्तको बिदाइ

दक्षिणा दिएर पशुपतिमा आएका साधुसन्तको बिदाइ

काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ ।

सोमवार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई २ सय रुपैयाँदेखि बढी ९ हजार २००
रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि सुरू गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको बताए ।

उनले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरेपनि कोषलाई भने त्यो नियम लागू नहुने भएकोले साधुहरुको सम्मास्वरुप दक्षिणा दिएर पठाएको बताए ।

उनले साधुहरुलाई दक्षिण उहाँहरुको सम्मानको संकेत रहेको भन्दै साधुहरुलाई सबैले सधैँ सम्मान व्यवहार गर्नुपर्ने बताए ।

शिवरात्रिका बेला साधुहरुले भक्तजनबाट पनि दक्षिणा पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरुप साधुसन्तहरुलाई बिदाइ गर्ने प्रचलनअनुसार दक्षिण दिइ आज बिदाइ गरिएको बताए।

साधुसन्तहरुलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ । महाशिवरात्रीमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरु उपस्थित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका