जोडिनुहोस
  • होमपेज
  • दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राईभरका रूपमा जान रोक

दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राईभरका रूपमा जान रोक

काठमाडौं । बाइक राईडर र ट्याक्सी ड्राईभरका रूपमा दुबई र कतार जान रोक लागेको छ । वैदेशिक रोजगार विभागले दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राईभर पदका लागि जान रोक लगाएको हो ।

बाइक राईडर र ट्याक्सी ड्राईभरका रूपमा जाने धेरै जसो नेपाली श्रमिक विभिन्न समस्यामा परेको भन्दै विभागले पूर्वस्वीकृति प्रदान नगर्ने निर्णय गरेको हो ।

विभागमा दिनहुँ जसो समस्यामा परेको भन्दै उजुरी तथा गुनासोहरू आउने गरेका छन् । उक्त काममा लागि गएका श्रमिकहरूले तोकिए बमोजिम न्यूनतम तलब समेत नपाउने गरेको गुनासो विभागमा आउने गरेको छ ।

त्यस्तै सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम विहीन भई बस्नुपर्ने अवस्था समेत रहेको छ । उनीहरूलाई सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनबारे जानकारी नहुँदा ट्राफिक कारबाहीमा पर्ने गरेका छ । जसले गर्दा उनीहरूले ठूलो रकम जरिवानाका लागि बुझाउनुपर्ने अवस्था छ ।

ट्राफिक नियमबारे जानकारी नहुँदा दुर्घटनामा समेत पर्ने गरेको भन्दै विभागले रोक लगाउने निर्णय गरेको हो । ती देशहरूमा रहेका नेपाली दूतावासले समेत ती पदहरूका लागि मागपत्र प्रमाणीकरण नगर्न अनुरोध भएको थियो ।

समस्याका गुनासा दिनहु आउने र दूतावासले समेत यी काममा लागि कामदार नपठाउन अनुरोध भएपछि विभागले पूर्व स्वीकृति नदिने निर्णय गरेको विभागमा सूचना अधिकारी तथा निर्देशक कृष्ण प्रसाद भुसालले बताए ।

यी मुलुकहरूमा बाइक राईडर र ट्याक्सी ड्राईभर पदमा श्रमिक पठाउन सुरक्षित नदेखिएकोले अर्को निर्णय नभएसम्मको लागि बाइक राईडर र ट्याक्सी ड्राईभर पदको पूर्वस्वीकृति प्रदान नगर्ने निर्णय गरिएको भुसालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका