जोडिनुहोस
  • होमपेज
  • मोरङ बुढीगंगामा बोरामा महिलाको शव भेटियो, दुईजना पक्राउ

मोरङ बुढीगंगामा बोरामा महिलाको शव भेटियो, दुईजना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा बोरामा एक महिलाको शव फेला परेको छ ।

बुढीगंगा गाउँपालिका-२ अमाहीमा विराटनगर महानगरपालिका-१९ की २८ वर्षीया प्रियंका सुनारको शव बोरामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले बताए । प्लाष्टिकको बोराभित्र पोको पारेर नरसिंह चौधरीको ग्वालीमा शव फेला परेको कार्कीले बताए ।

डीएसपी कार्कीका अनुसार शरीरका विभिन्न भागमा चोट रहेकाले ती महिलाको हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ ।

अन्यत्र हत्या गरेपछि बोरामा पोको पारी ल्याएर शव फ्याँकेको हुनसक्ने कार्कीले बताए । घटनामा संलग्न भएको आशंकामा मोरङको कटहरी गाउँपालिका-५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर-१९ का २९ वर्षीय रमेश साह पक्राउ परेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका