जोडिनुहोस
  • होमपेज
  • स्कटल्यान्डले नामिबियालाई हरायो

अन्तर्राष्ट्रिय

स्कटल्यान्डले नामिबियालाई हरायो

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन ८, २०७९
स्कटल्यान्डले नामिबियालाई हरायो

काठमाडौँ । स्कटल्यान्डले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी क्रिकोणात्मक सिरिजमा नामिबियालाई हराएको हो । सोमबार भएको खेलमा स्टकल्यान्डले नामिबियालाई ४३ रनले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १७८ रन बनायो ।

नामिबियाका लागि लोहार्ड लोहारेन्सले ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान ग्रेहार्ड इरास्मसले ४३ रन बनाउँदा जेन ग्रिनले २५ रनको योगदान गरे ।

नामिबियाका रुबेन ट्रम्पलम्यान र शन फुचेले समान १०/१० रन बनाए स्कटल्याण्डका लागि मार्क वाटले चार विकेट लिए । त्यस्तै माईकल लिस्कले तीन विकेट लिँदा ब्राण्डन म्याकमुलानले दुई विकेटको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ४८ ओभर ४ बलमा अल आउट हुँदै २२१ रन बनाएको थियो । स्कटल्यान्डका लागि क्रिटोफर म्याकब्रिडले सर्वाधिक ४७ रनको योगदान गरे ।

त्यस्तै टमस म्याकिन्टोसले ३४ बनाउँदा कप्तान रिचि बेरिङ्टनले ३२ जोडे । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभर ४ बल बलिङ गर्दै ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्नी लुङ्मिनीले २ विकेट लिए ।

जितसँगै विश्वकप लिग टू मा स्कटल्याण्ड ३५ खेलमा २३ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका