जोडिनुहोस
  • होमपेज
  • रुस र बेलारुसलाई प्रतिबन्ध गर्नुपर्ने पक्षमा बेलायत

रुस र बेलारुसलाई प्रतिबन्ध गर्नुपर्ने पक्षमा बेलायत

काठमाडौं । फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकमा रुस र बेलारुसलाई प्रतिबन्ध लगाउनु पर्ने पक्षमा बेलायत देखिएको छ ।

पेरिस ओलम्पिकमा रुस र बेलारुसलाई प्रतिबन्ध लगाउनु पर्ने पक्षका ३० भन्दा बढी राष्ट्रमा बेलायत पनि थपिएको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले रुस र बेलारुसलाई पेरिस ओलम्पिकमा सहभागिता जनाउन दिने योजना बनाईरहेको छ ।

तर, बेलायती संस्कृति सचिव लुसी फ्रेजरले रुस र बेलारुसलाई प्रतिबन्ध गर्नु पर्ने र आईओसीको योजना विश्वसनीय नभएको बताएकी छिन् ।

रुस र बेलारुसलाई सहभागिता जनाउन दिएमा युक्रेनले पेरिस ओलम्पिक बहिस्कार गर्ने जनाउदै आएको छ ।

आईओसीका अध्यक्ष थोमस बाचले युक्रेनले बहिस्कार गरेमा ओलम्पिक चार्टरको उल्लङ्घन हुनेछ र ओलम्पिक आन्दोलनको सिद्धान्तविरुद्ध जाने बताउदै आएका छन् ।

यस अघि रुस र बेलारुसलाई सहभागिता जनाउन दिएमा पोल्याण्डले ओलम्पिक बहिस्कार गर्ने बताईसकेको छ ।

पेरिस ओलम्पिक २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुनेछ ।

युक्रेनमाथि आक्रमण गरेपछि रुस र बेलारुसमाथि विश्वकप, युरोकप लगायत ठूला खेलमा प्रतिबन्ध लाग्दै आएको छ । ओलम्पिकमा समेत रुसलाई प्रतिबन्ध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका