जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन मंगलबार १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ।  सोमबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका