जोडिनुहोस
  • होमपेज
  • रियल मड्रिडसँग लिभरपुल ५–२ ले पराजित

रियल मड्रिडसँग लिभरपुल ५–२ ले पराजित

एनफिल्ड—च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ । मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग ५–२ गोलले पराजित भएको हो । लिभरपुलले पहिलो लेगमा आफ्नो घरेलु मैदान एनफिल्डमा ५ गोल खाएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जेमाले दुई–दुई गोल गरे भने एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्बिन नुनेज र मोहम्मद सलाहले एक–एक गोल गरे ।

खेलमा २ गोलको अग्रता उल्ट्याएर रियलले जित निकालेको थियो । खेलको चौंथो मिनेटमा नुनेज र १४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २ गोलको अग्रताले अघि बढाएका थिए । तर, भिनिसियसले २१ औं र ३६ औं मिनेटमा गोल गर्दै रियललाई २–२ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा रियलले ३ गोल गर्‍यो । ४७ औं मिनेटमा मिलिसाओ र ५५ औं तथा ६७ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई ५–२ को जित दिलाए । अब यी दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका