जोडिनुहोस
  • होमपेज
  • मैले कति योगदान दिएँ थाहा छैन, तर मेरो देशले जितेको छ : सन्दीप लामिछाने

मैले कति योगदान दिएँ थाहा छैन, तर मेरो देशले जितेको छ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले ६ महिनापछि घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलाबाट क्रिकेटमा कमब्याक गरे । चार खेलको श्रृंखला नेपालले क्लिनस्वीप गर्दा उनले बलिङबाट महत्वपूर्ण योगदान दिएका छन् ।

सन्दीपलाई दर्शकले निकै समर्थन र हौसला दिएका थिए । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरेका छन् । मैदानमा दर्शकलाई अभिवादन गरेको तस्वीर सहित उनले स्टाटस लेखेका हुन् ।

सन्दीपले भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’

सन्दीपले सिरिजको चार खेलमा १३ विकेट लिएका थिए । पहिले, दोस्रो र तेस्रो खेलमा तीन–तीन विकेट लिएका सन्दीपले अन्तिम खेलमा ४ विकेट लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका